हरेक रात निदाउन अघि ,बिस्तारामा मोबाईल चलाउने सहर बजारमा बसोबास गर्ने मानिसको दिनचर्या नै बनेको छ । दिनको अत्यमा फेसबुक , मेसेन्जर , टिक टक जस्ता सामाजिक संजाल नहेरी सुतेमा त चित्तै बुझ्दैन । हेर्दा हेर्दै एक घन्टा बितेको पत्तै हुदैन अनि अघिको भन्दा अलि थकान महसुस हुन्छ । बिहान बिउझनसाथ सुरुमा मोबाईल नै खोजेर चलाइहाल्ने बानी आजकल विशेष गरि युवा पुस्तामा बढी भएको पाइन्छ ।

हामी सबैले मोबाईलले हाम्रो निद्रामा बाधा पुर्याउन सक्ने र यसलाई हाम्रो सुत्ने कोठामा लैजान नहुने जस्ता कुरा त सुनेका थियौं होला , तर यस बाहेक मोबाईल बढी चलाउनेका अन्य केहि नकारात्मक असर छ जसबारे हामी मध्ये धेरैले सोचेका पनि छैनौं।

अनुसन्धानले देखाएको छ कि डिजिटल उपकरणहरु बाट उत्सर्जित नीलो बत्तीले छाला बिगार्न सक्छ र बुढ्यौली को दृश्य संकेत छालामा छिटो गराउन सक्छ ( premature skin ageing), आँखा तल कालो घेरा हुने (Dark circle) समस्या पनि ल्याउछ । सूर्यको प्रकाश र डिजिटल उपकरणहरु जस्तै; टेलिभिजन, फोन, ल्यापटप, र ट्याब्लेटबाट निस्कने निलो प्रकाशले हाम्रो शरीर लाई संचार गर्दछ कि यो दिन को समय हो।
जब हामी सुत्छौं हाम्रो छाला को कोशहरु आफैं मर्मत हुन थाल्छन् । राती अबेरसम्म मोबाइल चलाउनाले मोबाइलबाट आउने निलो प्रकाशले गर्दा, शरीरले यो दिनको समय हो भन्ने सोच्छ, र छालाका कोशहरु मर्मत हुदैनन् जसले गर्दा बिग्रेका कोष संचित भइ अनुहारमा डार्क सर्कल आउने र चाउरिपना आउने दर तिव्र रुपमा बढ्छ । तसर्थ अबेरसम्म मोबाइल चलाउनाले हाम्रो छालाको कोशहरुको मर्मत गर्ने क्षमतालाई बिगार्दै छ र हाम्रो प्राकृतिक शरीरको घडीलाई नै भ्रमित गरीरहेको छ ।
के गर्न सकिन्छ त?
- साँझ मा ‘नाइट शिफ्ट’ (night shift) मोडमा तपाइँको मोबाइल फोन स्विच गर्नुहोस्।
- तपाइँको फोनमा एक नीलो प्रकाश अवरुद्ध गर्ने “blue light-blocking app” राख्नुहोस ।
- मोबाइलजस्ता उपकरण प्रयोग गर्दा नीलो प्रकाश फिल्टर चस्मा (blue light filter glass) को प्रयोग गर्नुहोस्
- सुत्नु भन्दा पहिले डिजिटल उपकरणहरु को उपयोगबाट बच्नुहोस्
Leave a Reply