
छिमेकी मुलुक भारतबाट नेपालमा कोरोनाको खोप ल्याएर लगाउन सुरु गरिसकिएको छ। उक्त खोपको भारतमा उत्पादन भएको स्थानीय नाम कोभिसिल्ड (Covishield) हो जुन बेलायतमा पत्ता लगाइएको हो। बेलायतको अक्सफर्ड-आस्ट्राजेनेकाले विकास गरेको यस खोपको मात्रा एक जना मानिसलाई दुई पटक दिनुपर्ने हुन्छ (४ देखि १२ हप्ताको फरकमा )
नेपालमा ल्याइएको खोप भारतको “सेरम ईन्स्टिच्यु अफ ईन्डिया” नामक कम्पनीमा उत्पादन भएको हो । यस कम्पनी विश्वकै सबैभन्दा बढी खोप उत्पादन गर्ने कम्पनि पनि हो।
यस खोप १८ वर्ष र सो भन्दा माथि उमेर भएकालाई लगाइएको छ।
कसरी काम गर्छ त?
जब खोप लगाइन्छ यसले शरिरको प्रतिरक्षा प्रणालीलाई (रोग सङ लड्ने सिस्टम) लाइ सक्रिय बनाउछ र शरीरमा कोरोना भाइरस सङ लड्ने एन्टिबडि (रोगसङ लड्ने प्रोटिन) उत्पादन गराउछ जस्ले कोरोना भाइरसको प्रोटिनलाई आक्रमण गरेर नाश गर्द्छ र संक्रमण बाट जोगाउछ।

कति समयसम्म भ्याक्सिनले काम गर्छ?
अनुसन्धानकर्ताहरुको खोजका अनुसार यस खोपको सुरुको मात्राले ३ महिनासम्म ७६% सम्म कोरोना संक्रमण जोगाउछ भने यसको दोस्रो मात्राले ८२% सम्म संक्रमण हुनबाट जोगाउछ। तर लामो समयसम्म कति महिना वा कति वर्ष यस्ले काम गर्न सक्छ भन्ने तथ्यांक ठ्याक्कै पत्ता भने लगाइएको छैन । एक अनुसन्धानले ६ महिना वा सो भन्दा लामो समयसम्म पनि काम गर्न सक्ने बताएको छ।
यस भ्याक्सिनको तेस्रो चरणको परिक्षण हुदै छ। यस खोपको बारेमा प्रयाप्त रुपमा खोज र अनुसन्धान मूलक पुरा रुपमा तथ्यांक र जानकारी भने आइअसकेको छैन।

भ्याक्सिनको जोखिम र अन्य असरहरु;
# ध ेरै सामान्य (१० जनामा एक जना वा बढीलाई हुन सक्ने)
- सुइ लगाएको ठाँउमा दुख्ने, चिलाउने, तात्ने , रातो हुने वा सुन्निने
- थकित हुने
- वाकवाकी हुने
- चिसो महसुस हुने, जाडो महसुस हुने
- टाउको दुख्ने
- हड्डी र मासु दुख्ने
# सामान्य (१० जनामा एक जनालाई हुन सक्ने)
- सुइ लगाएको ठाउमा लम्प देखिने (मासुको पोको)
- ज्वरो आउनु
- धेरै वाकवाकी आउने-ज्वरो आउने, रुघा खोकी लाग्ने
# असामान्य (१०० जनामा १ जनालाई हुन सक्ने)
- घुमाउनु
- अरुचि हुने
- पेट दुख्ने
- धेरै पसिना आउने
- रातो डाबर आउने
- चिलाउने
यि बाहेक अन्य अप्रत्याशित असरहरु पनि देखिन सक्छन् । यदि धेरै नै मात्रामा यस्ता असरहरु देखिए र नहराएमा स्वास्थकर्मिसङ परामर्श लिनुपर्द्छ।
Leave a Reply