
सुन्दर कपाल प्राय सबैको चाहना हुन्छ। सुन्दर कपालकैलागि लाखौँ खर्च गर्ने मानिस समेत हुन्छन्।जानौ हाम्रो कपालको बारेमा केही रोचक कुराहरुः
# औसतमा, कपाल प्रति दिन ०.३-०.५ मिमी, प्रति महिना १.३ सेन्टीमिटर, प्रति वर्ष १५ सेन्टिमिटर बढ्छ।
# एउटा कपालको आयु करिब ५ वर्षसम्म हुन्छ।
# कपालले धेरै चीजहरूको बारेमा जानकारी समावेश गर्दछ जस्तै; रक्त प्रवाहमा लागूपदार्थ, रक्सी, भिटामिन वा कुनै खनिजहरू समावेश छ या छैन भन्ने कुरा पनि कपालको त्यान्द्रा परिक्षण गरेर पत्ता लगाउन सकिन्छ तसर्थ कुनै अपराध हुदा फोरेंसिक प्रमाणको रुपमा सबैभन्दा धेरै प्रयोग हुने प्रकारमध्ये कपाल पनि एक हो।
#बोन म्यारो (Bone Marrow)पछि हाम्रो शरीरमा सबैभन्दा छिटो बढ्ने तन्तु कपाल हो।
#पुरुषको कपाल र महिलाको कपाल संरचनामा समान हुने हुँदा कपालद्वारा महिला हो कि पुरुष भनेर पहिचान गर्न सकिदैन।
#टाउकोको ५० प्रतिशतभन्दा बढी कपाल झर्यो भने मानिस तालुखुइले देखिन्छ ।
#५० प्रतिशत कार्बन, २१ प्रतिशत अक्सिजन, १७ प्रतिशत नाइट्रोजन, ६ प्रतिशत हाइड्रोजन र ५ प्रतिशत सल्फर कपालमा हुन्छ।
#विभिन्न समयमा ९० प्रतिशत कपाल शरीरमा बढिरहेको हुन्छ भने १० प्रतिशत कपालको बढ्ने प्रक्रिया चाहिँ रोकिइरहेको वा आराम गरिरहेको अवस्थामा हुन्छ।
#एउटा स्वस्थ कपाल भिजेको अवस्थामा ३० प्रतिशतसम्म बढ्न सक्छ ।
#औसत व्यक्तिसँग सामान्य रुपमा एक लाखदेखि लिएर एक लाख पचास हजारसम्म कपालको त्यान्द्रा हुन्छ ।
#एउटा कपालको त्यान्द्रो त्यही व्यासको (diameter)तामाको तारभन्दा पनि बलियो हुन्छ।
#दिनको लगभग ५०-१५० कपालको त्यान्द्राहरु झर्ने गर्छन्।
#सामान्य अवस्थामा नयाँ कपाल जराबाट फुत्किनसाथ त्यही ठाँउमा उम्रन सुरु गरिहाल्छ।यो एक जीवनकालमा २० चोटी सम्म हुन सक्दछ।
# हातको हत्केला, खुट्टाको पैतला, आखाको पलक, ओठ र श्लेष्म झिल्लिहरुमा बाहेक मानव शरीरमा कपाल कुनै पनि बाहिरी ठाँउमा उम्रन सक्छ।
# प्रत्येक कपाल त्यान्द्राले १०० ग्राम तौलसम्म धान्न सक्छ। प्रत्येक टाउकोमा औसत १,००,००० देखि १, ५०,००० त्यान्द्राहरु हुने हुँदा पुरा कपालले लगभग दुई हात्तीहरूको बराबर तौललाई समर्थन गर्न सक्दछ।
# कपालले हाम्रो टाउकोकोलाई इन्सुलेसनको सुरक्षा दिने काम गर्दछ, जसमा इन्सुलेशनको (तातो राख्ने प्रक्रियाको)अभाव छ जुन प्रक्रिया हाम्रो शरीरको बाँकी भागमा बोसोले प्रदान गर्छ।
#रातो रङको कपाल विश्वको जनसंख्याको १ प्रतिशतमा मात्रै हुने गर्छ।
This comment has been removed by the author.
Dami
Dami
Dami
कपालको रेखदेख गर्ने र बढाउन खोज्नेहरुलाइ एकदमै उपयोगी लेख!