खोकी आफैमा कुनै रोग नभएर अरु कुनै रोगको लक्षण हो। खोकी भनेको शरीरले गर्ने एक रक्षात्मक प्रतिक्रिया हो। यदि चिढचिढाहट पैदा गर्ने उद्वेजक पदार्थले श्वासनली को सम्पर्क मा आएर सास फेर्ने सानो नलिमा उत्तेजना पैदा गराए भने तिनलाई बाहिर फाल्न शरीर ले खोक्ने व्यवस्था मिलाएको हुन्छ। खोकीको माध्यमबाट शरीरको सिस्टमले शरीरलाई रोगको जिवाणु र किटाणुहरुबाट बचाउने प्रयास गर्दछ । खोकीले गर्दा शरीरको मांसपेसी तथा अन्य अगंहरुमा जोर पर्नेहुदा हामीलाई कष्ट हुन्छ। खोकीले हाम्रो दैनिक कार्यमा नै असर पार्छ।
खोकीका प्रकार
- सुक्खा खोकी
- खकार सहितको खोकी
- (यो खोकी प्राय ब्याक्टेरियाको संक्रमणहरुले हुने रोग जस्तै; निमोनिया, क्षयरोग, ब्रोन्काइटिस आदिमा देखिन्छ।)
कुन रोग वा अवस्थामा लाग्छ खोकी ?
- दम
- फोक्सोको क्यान्सर
- कुनै वाहिरी बस्तु श्वासप्रश्वास नलिमा अड्किएर
- ग्यास्ट्राइटिस वा रिफ्लक्स डिजिज
- कुनै औषधिको साइड इफेक्टका कारण
- घाटी वा फोक्सोको भित्री भागमा इन्फेकसन
- किटाणुको संक्रमण, धुवाँ या धुलोको कारणले एलर्जि
- सर्दि (चिसो लाग्दा)
- निमोनिया, ब्रोङकाइटिस, क्षयरोग
खकार आउने खोकीमा कस्तो रङ को खकारले के जनाउछ ?
- सेतो कफ -एलर्जी, भाइरस
- पहेलो या हरियो कफ – ब्याक्टेरियल , चिसोका कारण, पिनासको कारण
- खकारमा रगत -क्षयरोग या छाती को क्यान्सर / बढी खोकी लागेर गला ताच्छिएको
- खैरो / रस्टि (खिया) रगं-निमोनिया
- गुलाबी रगं-हार्टफेल या फोक्सो सुन्निएको
- कालो-फन्ङल इनफेकशन खकार गन्हाउँने फोक्सो को एब्बसेस(पिलो) को कारणले हुनसक्छ ।
कस्तो खोकीमा खतरा हुन सक्छ ?
- खोकी लाग्नु र तौल पनि घट्नु
- सास फेर्न गाह्रो भएमा
- ज्वरो आएमा
- छाती दुखेमा
- सास फेर्न गाह्रो भएमा
- राती पसिना आएमा
- खाेकी लामाे समय सम्म रहिरहेमा यदि खोकी संगै निम्न लक्षण देखिएमा तुरुन्तै चिकित्सकीय उपचार गर्नुपर्दछ।
खोकी नियन्त्रणकालागि घरेलुु उपचार
तुलसिको रस, अदुवाको रस र मह मिसाइ चाट्ने गर्दा सुख्खा खोकी अलि विशेक हुन्छ।
नुन, बेसार र पानी पकाउने र पटक पटक तातो तातो पिउने गर्दा सामान्य खोकी ठिक हुन्छ।
बेसार वा हलेदो (नसुकेको बेसार) लाई महमा मिसाएर चाट्ने
अदुवाको रस एक चम्चा, मह १ चम्चा र कागतीको रस १ चम्चा मिसाइ दिनको ३ पटक चाट्ने र तातो पानी पिइरहने
सुकेको पिपलको पातलाई कुटेर पानीमा केहि बेर भिजाई त्यसलाई निचोर्ने र सो रसमा आधा एक चम्चा मह मिलाई दिनको दुई तीन पटक सेवन गर्ने
५/६ थोपा कागतीको रसलाई मनतातो पानीमा मिलाएर एकएक घन्टाको अन्तरमा पिउने
अदुवालाई कुटपिस गरि मसिनो लेदो बनाइ थोरै मिश्रि पानीमिलाएर नसुकिन्जेलसम्म पकाउने र त्यसलाई दिनको तीन/चारपटक आधा चम्चाको दरले खाने
एक चम्चा प्याजको रसमा एक चम्चा मह राखेर खाने वा प्याजलाई गोलो गरि काटी महमा पुरै भिज्ने गरि राख्ने र ८-१० घन्टापछि र डुबाइएको त्यो रस पिउने र घाटीमा कफ जमेको अवस्थामा त्यस रसमा कागतिको रस मिसाएर सेवन गर्न सकिन्छ।
चिसो भएर लागेको खोकी भए दुई तीनवटा ल्वाङ मुखमा राखी चपाएर निल्ने / दुई चम्चा सुपलाई एक कप पानीमा उमाली दिनको दुई -तीन पटक पिउने / तुलसीको हरियो पात वा सुकेको गेडालाई पिधी मनतातो पानीमा मिलाएर पिउने
२/३ दाना मरिच मुखमा हालेर नियमित चुसिरहने
राती सुत्नअघि मन तातो पानीमा मह मिलाएर घुटुक घुटुक घुटुक पिउने
दिनमा दुई देखि तीन लिटर मनतातो पानी पिउने, तिर्खा लाग्दा तातोपानी नै पिउने
अदुवा, दालचीनी, ल्वाङ, बेसार, मिस्री, सुकमेल चुसेर बस्ने
मुला, मेथी, ल्वाङ, बेसार, पालुंगो खाने
खानामा चोक्कर सहितको रोटी खाने
२० मिनेट सम्म बाफमा पकाइएको सुन्तला तातो तातो नै खाने जसले खकार आउने खोकीमा खार सजिलै आउन मदत गर्छ।
के नखाने ?
- धेरै मिठाई नखाने
- तारेको, धेरै मसालेदार, अमिलो, पिरो, चटपपटे खानेकुरा नखाने
- चिसो खाने कुरा जस्तै शर्बत, आइसक्रिम नखाने
- फ्रीज, कुलरको चिसो पानी नपिउने
- रक्सी
- रातो मासु जसमा चिल्लो पदार्थ अत्यधिक हुन्छ
के नगर्ने ?
- धुम्रपान गर्ने बानी छोडिदिने
- कम कपड़ा लगाएर चिसो ठाँउमा नजाने
- झ्याल ढोका बन्द गरेर हिटर चलाएर नसुत्ने
- भिडभाड तथा धुवाँ युक्त वातावरणमा नजाने
- एकाएक गर्मीबाट जाडो ठाँउ र जाडोबाट गर्मी ठाँउ नजाने
- शरीरलाई पानीमा भिज्न नदिने, नुहाउदा तातो पानीको प्रयोग गर्ने
के गर्ने ?
- बिहान बेलुका घुम्ने नियम बनाउने जसले गर्दा शुद्ध हावा खाने मौका मिल्छ।
- नियमित रूपमा हल्का व्यायाम गर्ने
- कब्जियत भएको छ भने त्यसलाई घटाउने उपाय गर्ने
- मौसम अनुसारको लुगा लगाउने, जाडोमा तातो लुगा लगाउने
कोभिड-१९ मा मुख्यतया सुक्खा खोकी लाग्छ।यदि खोकी एक हप्ता भन्दा बढी समय सम्म स्थिर नै रहन्छ र सास फेर्न अप्ठ्यारो हुने, ज्वरो आउने, टाउको दुख्ने, जोर्नी र मांसपेशी दुख्ने, सुँघने र स्वाद क्षमतामा कमी जस्ता लक्षण देखिएमा कोरोनाको संक्रमणले लागेको खोकी हुनसक्छ। कतिपय अवस्थामा भने खोकी कुनै ठुलै रोगको लक्षण पनि हुन सक्छ । त्यसकारण खोकीलाई सधै सामान्य रुपमा लिनु हुदैन र केही दिनसम्म पनि खोकी सन्चो नभएमा के कारणले खोकी लागेको हो पत्ता लगाउन अस्पतालमा गएर विभिन्न प्रकारका टेस्टहरु गराएर चिकित्सकको सल्लाह अनुसारको औषधि सेवन गर्नु नै उपयुक्त हुन्छ।
wow dee ma samrachana ho hai