
पढेको, देखेको, सुनेको कुरा याद नआउनु, कुनै ठाउँमा सामान राखेको बिर्सनु, पढेर याद राख्ने इच्छा नहुनु, आलस्य, चिडचिडापन, कमजोरी, निराशको भाव, आत्तिनु जस्ता समस्या आजको यस आधुनिक जमानामा व्यापक र गम्भीर समस्या बन्दै गइरहेको छ। यी सबै स्मरण शक्तिको कमि हुनुको लक्षण हुन्। अङ्ग्रेजीमा स्मरण शक्तिको कमि हुनुलाई अम्नेशिया (Amnesia) भनिन्छ। अधिकंाश मानिसको स्मरण शक्ति लगभग एकै जस्तो हुन्छ भने कुनै कुनै मेधावी व्यक्तिको याद राख्ने शक्ति आश्चर्यजनक पनि हुन्छ। स्मरण शक्ति एक आर्जित गुण हो, स्मरण शक्ति तेज या कम गर्नु हाम्रो हातमा निर्भर हुन्छ। वैज्ञानिकहरुको अनुसार स्मरण शक्तिको हाम्रो रुचिसंग गहिरो सम्बन्ध छ।
-एकै पटकमा धेरै नयाँ कुरा सम्झन प्रयास गर्नु
-रुचिको अभाव, कुनै कुरा याद राख्ने पुरा इच्छा नहुनु
-काम सुनियोजित ढंगले क्रम अनुसार नगर्नु
-धेरै काम गर्नु
-काम प्रती उपेक्षाको भावना राख्नु र धेरै वास्ता नगर्नु
-विषयलाई पूरा मनयोगले सम्झने कोसिस नगर्नु
-चिन्तामा डुबिरहनु
-नशालाग्ने पदार्थ खानु
-शारीरिक या मानसिक बिरामी
-उमेर बढेका कारण मस्तिष्कको सिराका हर्मोन घट्नु
-धेरै मैथुन गर्नु
-मस्तिष्क अविकसित हुनु
-मस्तिष्कको जन्मजात विकृती
-टाउकोमा चोट लाग्नु
-पोषणको कमिले एनिमिया
-आफ्नो शारीरिक क्षमता भन्दा बढी काम गर्नु
-क्रोध
-भय
-चिन्ता
-अनिन्द्रा
-धेरै रक्तस्राव
-रजोनिवृत्ति
स्मरण शक्ति बढाउन के गर्न सकिन्छ त?
-सधै बिहान बेलुका खुल्ला हावामा घुम्न जाने
-मनलाग्ने व्यायाम सधै गर्ने
-यादराख्ने खालको कुरा गहन रुचि लिएर एकाग्रता र पूरै मनयोगले याद गर्ने
-भरपुर सुत्ने (८-१० घन्टा)
-याद गर्ने विषयको फरमूला बनाएर संक्षिप्त रुपरेखा तयार पार्ने क्रम अनुसार याद गर्ने, र हरेक हप्ता फेरि दोहोर्याउने
-काममा एकोहोरोपना हटाएर मन र मस्तिष्कलाई खुशी राख्न बिचबिचमा मनोरञ्जन पनि गर्ने
के खाने?
-सुपाच्य, हल्का, सन्तुलित, पौष्टिक खाना नियमीत समयमा खाने
-पात भएको तरकारी , सलाद, अन्डा, लसुन, माछा, दूध, दहि, दाल , बन्दाकोपी, फुलकोपी ,सुप, सक्खर, तिल, पालुंगो खाने
-फलमा जामुन, स्ट्रबेरी , नरिवल लिची, आँप, स्याउ, सुन्तला , टमाटर, गाजर खाने
– राती भिजाएको छ वटा बदाम बिहान मिश्रिसङ पिधेर बराबर मात्रमा मख्खन मिलाउने र सधै बिहान बिहान खाने
-एक कप दुध सधै पिउने
-बिहान बेलुका अमला खाने
-खाना खाइसकेपछी सक्खर र तिलबाट बनेको लड्डु चबाइ चबाइ खाने
– मख्खन, मिश्रि र पाँचवटा मरिच मिलाएर बिहान बेलुका खाने
-गुलकन्द, पिस्ता, काजु, गहुँको बोटको रस खाने
के नखाने
-धेरै भारी, तारेको ,तीखो, पिरो, मसालेदार खाना नखाने
-कडा चिया कफि , रक्सी नपिउने
-नशा लाग्ने पदार्थ तमाखु, गुटखा, भाङ, अफिम, गाजा आदि नखाने
-मुसुरो र मासको दाल नखाने
के नगर्ने?
-एक पटकमा धेरै कुरा याद नगर्ने
-चिन्ता, क्रोध , भय , मानसिक तनावको संवेगलाई आफूमा हावी हुन नदिने
-आफ्नो स्मरण शक्तिको विषयलाई लिएर सधै चिन्तित नहुने
-धेरै मैथुन नगर्ने
-दिनमा धेरै समय नसुत्ने
-राति धेरै बेर बसेर नपढ्ने
-अनुपयोगी, अनावश्यक ,दूषित विचार र घटनालाई सधै याद नराख्ने। तिनीहरुलाई समय समयमा भुल्दै जाने प्रयास गर्ने।
धेरै जानकारी मुलक लेख। एकदम राम्रो छ। अझै लेख्दै गर्नुहोला, शुभकामना।
wow
Ramro lagyo sathiko lekh padnu pauda ����
tara lekh ajai complete vayana ki???