बेसार हाम्रो भान्छामा सधैं भइरहने उपयोगी सामग्री हो।बेसारले हाम्रो भोजनलाई आकर्षक र स्वादिलो बनाउनका साथै केहि विशेष तत्वहरू पनि प्रदान गर्छ। बेसारमा हुने ‘कुरकुमिन’ नामक जैविक रसायनका कारण बेसार पहेँलो देखिन्छ। यस रसायनमा विभिन्न औषधिय तत्त्व पाइन्छ।
बेसारमा एन्टिमाइक्रोबिएल (किटानुहरु नाश गर्ने) एन्टिभाइरल (भाइरस मार्ने), एन्टिफङल (ढुसी हटाउने) एन्टिएङिओजेनिक ( ट्यूमर हटाउने), एन्टिइन्फ्लामेटरि (सुन्नीन नदिने), घाउ भरिन मद्दत गर्ने, रोग प्रतिरोधात्मक क्षमता बढाउने जस्ता गुण हुन्छन्।
बेसारलाई निम्न अवस्थामा औषधिको रुपमा प्रयोग गर्न सकिन्छ;
रुघा, खोकी र सर्दिमा
-बेसार पानी वा नुन बेसार पानी पकाएर कुल्ला गर्दा टन्सिल सुन्निनेमा कम हुन्छ।
-बेसारलाई महमा मिसाइ चाटेमा खोकीमा सुधार हुन्छ।
-चिसो लागेमा वा रुघा लागिराखेमा नुन, बेसार र पानीमा थोरै अदुवा समेत राखी पकाएर पिएमा कम हुन्छ।

खानामा अरूचि
-पानीमा थोरै बेसार र कालो नुन राखी पकाएर पिउने गर्दा अरुचि ठिक हुन्छ र भोक लाग्दछ।
घाउ, खटिरा
-बेसार पानी पकाएर त्यस पानीले घाउ सफा गर्दा संक्रमण फैलन पाउदैन।
-मुखको अल्सरमा बेसार पानीले कुल्ला गर्दा लाभ मिल्छ।
-बेसार र फिटकिरी बराबर मात्रमा कुटेर घाउमा प्रयोग गर्नाले घाउ छिटो निको हुन्छ।

मर्केको ठाउमा
-मर्केको ठाउमा हलेदोको रस र तोरीको तेलमा थोरै नुन मिसाई तताएर लगाउदा लाभ मिल्छ।

जिउ दुखेमा
-बेसार र घिउ मिसाई तताउने र त्यसले मालिस गर्ने गर्दा त्यसबाट माङ्सपेशीको दुखाइ कम हुन्छ।

मधुमेह
-काचो बेसारलाई अमलाको रससङ मिसाई खादा मधुमेहमा लाभ मिल्छ।
दाँत दुखाइ
-दाँत दुखेमा बेसार र नुन तताई दाँत मल्ने गर्ने र केही बेर बेसार र नुन दाँतको प्वालमा राखेमा दुखाइ कम हुन्छ।
-गिजा सुन्निएमा वा गिजाबाट रगत आएमा बेसार, नुन र तेल मिसाइ गिजामा मल्ने गर्दा राहत मिल्छ।

पेटका विभिन्न समस्याहरुमा
-तातोपानीमा बेसार,विरेनुन र निम मिसाएर खादा ग्यासट्राइटीस, अल्सरमा सुधार हुनुका साथै जुका परिराख्ने कम हुन्छ।

आँखामा आउने आनोमा
-बेसारको गानोलाई घोटेर मनतातो पानीमा मिसाई आँखामा ( बाहिरी रुपमा ) लगाउदा आँखामा आउने आनो ठिक हुन्छ।

छालाको फुस्रोपन र सुन्दरता
-बेसारलाई पानी वा तेलमा मिसाई अनुहार वा शरिरको अन्य विभिन्न छालाहरुमा लगाउदा फुर्सोपना कम हुन्छ।
-गहुँको पिठो, बेसार र कागति मिश्रित गरि डन्डीफोरमा लगाउदा डंडीफोर ठिक हुन मद्दत गर्छ।

Leave a Reply